sajalsandesh

वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन – मन्त्री खतिवडा

काठमान्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व सङ्कलन गरेर मात्र देश समृद्ध बनाउन नसकिने उल्लेख गर्दै वर्तमान सरकार सवै जनातको कुरा सुन्ने भएकाले चिच्याउनु नपर्ने बताउनुभएको छ ।

सत्ती भन्सार कार्यालयको आज उद्घाटन गर्दै उहाँले राजश्व सङ्कलनले मात्र नभई अन्य आन्तरिक आय स्रोतबाट आत्मनिर्भर बन्न सके मुलुक समृद्ध हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको चरम गरिबी छिट्टै मुक्त हुन्छ । वर्तमान सरकार विस्तारै बोले पनि सुन्छ, चिच्याउनु पर्दैन । सबै नेपालीलाई समानतासँगै अगाडि बढ्नेमा सरकार प्रतिबद्ध छ । हामी ऊर्जामा आत्मनिर्भर बन्दैछौँ । कृषिमा पनि आत्मनिर्भरताका लागि सरकारले काम गरिरहेको छ । अहिले विभिन्न बहानाबाजीमा वैदेशिक विवादमा फसाउन खोजिएको छ । तत्काल वैदेशिक सहायता चाहिएको छ । विदेशी सहायतालाई राष्ट्र निर्माणको रुपमा वर्तमान सरकारले लिएको छ ।”

सामाजिक सुरक्षा कार्यक्रमलाई वर्तमान सरकारले महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै उहाँले दुई वर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम र एक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने बताउनुभयो । मन्त्री डा. खतिवडाले विकास सूचकाङ्कमा पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं. २ लाई विशेष महत्वका साथ हेरिएको उल्लेख गर्दै विकासका आवश्यक पूर्वाधार निर्माणका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

ismt college
dish home