sajalsandesh

१० रुपैयाँको खाना खादै कलाकार दीपाश्री निरौला

विराटनगर – नेपाली सेने जगतकी हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले विराटनगर सातादेखि जारी रहेको रहेको १० रुपैयाँमै पेटभरि खाना खान पाइने अभियानलाई सहयोग गरेकी छिन् ।

काठमाडौबाट गृहनगर विराटनगर आएकी दीपा सर्वसाधारणलाई खाना पस्कन व्यस्त देखिन्थिन् । ‘‘आफू जन्मेकै ठाउँमा आएर आफैं खान पस्केर दाजुभाइ–दिदीबहिनीलाई खुवाउन पाउँदा खुशी लागेको छ,’’ दीपाले सुनाइन् । साथै उनले आफ्नो तथा परिवारको जन्मदिन र अन्य अवसरमा अभियानलाई सहयोग गर्ने समेत जानकारी गराइन । उनले यो अभियान सकारात्मक भएको हुनाले अयिभानलाई निरन्तरता दिनु पर्ने बताइन् ।

दिपाले १० रुपैयाँ तिरेर खाना समेत खाएकी थिइन् । उनले भनिन् १० रुपैयाँमा यति मिठो खाना पाउदो रहेको बताइ्न । उनले यो अभियानलाई सहयोग समेत गरेकी छिन् ।

काली मन्दिर अगाडिबाट सुरु भएको अभियानमा भीड बढेसँगै मेनरोडको जैनभवनअघि सारिएको राजनीतिकर्मी तथा समाजसेवी दिलीप धाडेवाले बताए । दाताहरूले सहयोग गरेपछि अब विराटनगरमा आउँदो १ वर्षभर १० रुपैयाँमा एकछाक पेटभरी खाना खान पाइने समाजसेवी धाडेवाले जानकारी दिएका छन् ।

ismt college
dish home