अब एटीएमबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने

२०७६ पुष १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– अब एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ । यसअघि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था थियो । गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटना पछि राष्ट्र बैंकले सीमा घटाएको थियो ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा उक्त व्यवस्था छ । हालको व्यवस्था अनुसार अब एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढिमा एक लाख रुपैयाँ निकाल्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार