sajalsandesh

लिबर सिरोसिसबाट निधन हुनुभएकी दिलकुमारीको परिवारलाई सहयोग

उर्लाबारी – लिबर सिरोसिसबाट नि ध न हुनुभएकी दिलकुमारी भुजेलको परिवारलाई उर्लाबारी युथ ग्रुप हङकङले आर्थिक सहयोग गरेको छ ।उर्लाबारी—७ निवासी भुजेलको उपचारका क्रममा नि ध न भएको थियो ।

हङकङबाट पठाइएको ६७ हजार रुपैंया उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु,समाजसेवी नरबहादुर मोक्तान लगायतले दिलकुमारीको भाई डम्बर नेपालीलाई हस्तान्तरण गर्नुभयो ।

सहयोगीदातामा धन्यवाद दिदैं नगर प्रमुख फागोले सामाजिक काममा पुर्याएको योगदान प्रति उर्लाबारी युथ ग्रुपलाई धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा स्थानीय गणेश किम्दाङ, योबाहाङ तुम्बाहाम्फे,कैलाश थापा मगरm प्रकाश कन्दङ्वा,नारायाण लुङ्फुवा,प्रेम लिम्बू लगायतको उपस्थिती रहेको थियो ।

ismt college
dish home