sajalsandesh

नेपालले १० वर्षमा दक्षिण एशियामै ठुलो फड्को मार्ने : परराष्ट्रमन्त्री ज्ञवाली

उर्लाबारी- परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले हिजो संबिधान जला नेहरुलाई वर्तमान सरकारले पालैपालो सरकारमा ल्याउन सफल भएको बताउनुभएको छ ।

मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृ ति प्रतिष्ठान नेपालको १९ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले वर्तमान सरकारले संबिधानलाई पूर्ण कार्यान्वयन गराउन सफल भएको बताउनुभयो । उहाँले हिजोका दिनमा संबिधान नमान्ने भन्दै संबिधान ज लाएर हिडेका दललाई पालैपालो सरकारमा ल्याएर संबिधानको पूर्ण कार्यान्वयन गराएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले देश अब बिस्तारै समृद्धिको बाटोमा अगाडी बढिरहेको भन्दै आ त्म ह त्या को बाटो त्याग्न वि प्लव समुहलाई आग्रह समेत गर्नुभयो । वर्तमान सरकारले नेपालको अन्र्तराष्ट्रिय सम्बन्ध सुमधुर बनाउने दाबी गर्दै नेपाल–भारतको सिमा विवा द पनि कुटनितिक माध्यमबाटै समाधान गर्ने बताउनुभयो । आर्थिक शुचकांकमा नेपालको प्रगतिका परिणामहरु देखिन सुरु गरेको भन्दै मन्त्री ज्ञवालीले आगामी १० वर्षमा दक्षिण एशियामै ठुलो फड्को मा र्ने दाबी गर्नुभयो ।

ismt college
dish home