सरकार र उखु किसानबीच सिंहदरबारमा वार्ता

२०७६ पुष १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सरकारले आ न्दोलनरत उखु किसानसँग वार्ता सुरु गरेको छ । सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोलीले किसानसँग वार्ता सुरु गरेको हो ।

मिल सञ्चालकबाट पैसा नपाएपछि उखु किसान केहीदिनदेखि काठमाडौंमा आएर आन्दो लन गरिरहेका छन् । किसानले उखुको बाँकी रकम नपाएसम्म घर नफर्किने बताएका छन् । वार्तामा पनि किसानले मिल सञ्चालकले दिन बाँकी रकम नपाएसम्म घर नफर्किने किसानको अडान छ ।

सरकारले भने निश्चित दिनभित्रै किसानको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार