sajalsandesh

कम्पनी रजिस्ट्रार कार्यालय बि चौ लियाको घेरा ब न्दीमा

काठमाडौँ – कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन ।

अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प भएन । नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्यालय बि चौ लि याको घेरा ब न्दीमै देखिएको छ ।

सेवाग्राहीले सहज सेवा लिनसक्ने वातावरण नभएको सेवाग्राही बताउँछन् । वकिल अथवा बि चौ लि याहरूको साथ नलिए काम हुनसक्ने अवस्था छैन । प्रवेशद्वारमै बि चौ लि याको ताना तानले सेवाग्राहीलाई अन्योल बनाएको छ ।गोरखापत्र दैनिक

ismt college
dish home