एसपी मल्लमाथि कारबाही हुने

२०७६ पुष १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले पुस ४ मा २४ जना एसपीको सरुवा गर्यो । सरुवा सूचीमा परेका केही जिल्ला प्रहरी प्रमुखहरु एक वर्षे अवधि पूरा गरेका थिए भने ६ महिनाअघि मात्रै सरुवा भएका एसपीको पनि त्यसमा नाम देखियो ।

सरुवा हुनुमध्ये एक थिए– चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल । ०७६ जेठ १२ मा चितवन प्रहरी प्रमुखमा मल्ललाई सरुवा गरिएको थियो । नेकपा अध्यक्ष प्रचण्ड निकट रहेका भनिएका मल्लले त्यतिबेला आफूले रोजेकै ठाउँ पाएका थिए । तर ६ महिनामै उनको सरुवा भयो । उनको ठाउँमा एसपी गंगा पन्तलाई खटाइयो ।

तर उनले जिल्ला नछाडेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालय हेटौडाले मल्ललाई १२ घण्टाभित्र चितवन छाडेर दरबन्दीमा हाजिर हुन निर्देशन दिएको छ । यस्तो निर्देशनपत्रको गोपनियता ख्याल नगरी एसपी मल्लले फेसबुकमा सार्वजनिक गरे ।
आन्तरिक नीति निर्देशन सामाजिक सञ्जालमा पोस्ट गरेर गोपनियता भंग गरेको कसुरमा उनलाई कारबाही हुन सक्ने खबर कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार