आयो यस्तो वातावरणमैत्री कप : खान पनि मिल्ने !

२०७६ पुष १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । एयर न्युजिल्यान्डले अब उडानका क्रममा आफ्ना यात्रुहरुलाई तातो कफीका साथै त्यसको कपको स्वाद लिन दिनेछ । न्युजिल्यान्डको राष्ट्रिय उडान सेवाले केही समय अगाडि मात्र हवाइ फोहोर न्युनिकरण गर्न खान मिल्ने कफि कप परीक्षण गरेको हो ।

एयरलाइनले यसअघि पनि कुहिने पदार्थले बनेका कपको प्रयोग गर्ने निर्णय सुनाएको थियो ।

तर यसबीच अझ बढी वातावरणमैत्री र फोहोर व्यवस्थापनको विकल्पका रुपमा उनीहरुले यस्तो उपाय निकालेका हुन् । यसका लागि कम्पनीले न्युजिल्यान्डस्थित पारिवारिक व्यवसाय, ट्वाइससँग सहकार्य गरि बोटबिरुवामा आधारित खान मिल्ने कप तयार गरिरहेको छ ।

यसले सबैलाई पृथ्वीको भलो भइरहेको अनुभूति दिलाउनुका साथै स्वदका हिसाबले पनि निकै राम्रो रहेको दाबी गरिएको छ । एयरलाइनकी यात्रुहरुको अनुभव सम्बन्धी व्यवस्थापक निकी चेभले सिएनएनसँग बताएअनुसार अहिलेसम्म सो कप चाखेका ग्राहकहरुले राम्रो प्रतिक्रिया मात्र दिएका छन् ।

एयर न्युजिल्यान्डले वातावरणमैत्री विकल्प अपनाएको यो पहिलोपटक होइन । गत जुलाइमा नै कम्पनीले सबैलाई सलाद दिँदा त्यसका साथमा हुने सस छुट्टै प्लाष्टिकको प्याकेटमा नदिएर पुनः प्रयोग गर्न मिल्ने साना भाँडामा दिइने घोषणा गरेको थियो ।

विश्वव्यापपी रुपमा गम्भीर रुप लिइरहेको प्लाष्टिकजन्य समस्याको सम्बोधन गर्ने कुरा अहिले यात्रागत् व्यवसायका सबै क्षेत्रमा मुख्य मुद्दा बनिरहेको छ । केही समय अगाडि क्यालिफोर्नियाले सबै होटलहरुलाई स्याम्पु लगायत शौचालय र बाथरुपमा प्रयोग हुने सबै सामान प्लाष्टिकको प्याकेटमा नराख्न आधिकारिक निर्देशन दिएको हो ।
यस्तोमा हायत, आइएचजी लगायत ठुला ब्रान्डका होटलले समेत ससाना प्लाष्टिकका प्याकेट प्रयोग नगर्ने प्रतिज्ञा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार