विदेशी काठसँगै नेपाल भित्रियो अनौठो प्रजातिको ख त रनाक कमिला

२०७६ पुष १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ।

रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन।

यो कमिला केही समय अघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए।

नेपालमा दुई किसिमका कमिला छन्। एउटा वनस्पतिलाई नोक्सान गर्ने र अर्को नगर्ने।

नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन्।

‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ। भर्खरै नेपाल भित्रिएको हुनसक्छ,’ उनी भन्छन्, ‘वनस्पतिका लागि यो खतरापूर्ण छ। यसले सागपातलगायत वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौँ।’

विदेशबाट भित्रिने काठसँगै यो कमिला पनि नेपालसम्म आइपुगेको हुनसक्ने अध्यक्ष घिमिरेको अनुमान छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार