इ लेक्ट्रिक इन्जिनियरिङमा स्नातक तहको पढाई पुरा गर्दै यी ‘नौं वर्षे बालक

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – बेल्जियमका एक अत्यन्त ती क्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् ।

सुन्दा आ श्चर्य लाग्नसक्छ तर ९ वर्षीय बालकले आगामी डिसेम्बर महिनामा विश्वविद्यालयबाट स्नातक तहको पढाई पुरा गर्दैछन्।

बालक लरेन्ट सिमोन्स इन्दहोभन युनिभर्सिटी अफ टेक्नोलोजीमा इले क्ट्रि कल इन्जि नि य रि ङ पढिरहेका छन्। यो विषय स्नातक तह पढिरहेका औसत उमेरका युवाहरुलाई पनि गा ह्रो विषय हो।

विश्वविद्यालयका प्राध्यापकहरु लरेन्टलाई ‘अ सा धारण’ र ‘प्रतिभाशाली बालक भन्छन्। स्नातक तहको पढाइ सकेपछि लरेन्टले मेडिसिन डि ग्री पढ्दै इ ले क्ट्रिक इन्जिनियरिङमा विद्यावारिधी गर्ने सोच बनाएको उनका पिता एलेक्जेन्डर सिमोन्सले बताएका छन्।

लरेन्टका आमा लिडिया भन्छिन्,‘ उनको हजुबाले उनीसँग ठूलो प्रतिभा भएको बताउँदा हामीले पत्याएका थिएनौं तर विद्यालयका शिक्षकले त्यसो बताएपछि हामीले पनि उनमा विशेष प्रतिभा भएको चाल पायौं।’

शिक्षकहरुले लरेन्टसँग कति ज्ञान छ भनेर प री क्षणहरु एकपछि अर्को गरे। उनीहरुका अनुसार लरेन्टको मस्तिष्कमा अ त्या धिक प्रतिभा छ।

लरेन्टका परिवार उनी यति धेरै बौ द्धिक किन छन्, सबै कुरा चाँडो कसरी सिक्छन् भनेर जानकार छैनन्। यद्यपी उनकी आमा ठ ट्यौली तवरमा भन्छिन्, ‘मैले गर्भवती हुँदा धेरै माछा खाएको थिए, सायद त्यही भएर होला।

इन्दहोभन युनिभर्सिटी अफ टेक्नोलोजीले लरेन्टको वौद्धिकतालाई हेररै आफूहरुले उनलाई स्नातक तहमा अध्ययन गर्न अनुमति दिएको बताएको छ।

युनिभर्सिटीका शिक्षा निर्देशक जोइर्ड हल्ओप भन्छन्,‘लरेन्ट साधारण बालक होइनन्। त्यसैले उनले स्नातक तह अध्ययन गर्नु साधारण हो।’ उनका अनुसार लरेन्ट विश्वविद्यालयको अहिलेसम्मकै सबैभन्दा छिटो पढाएको बुझ्ने विद्यार्थी हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार