अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद् को सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ ।
तर, बिना सूचना लामो समय अनुपस्थित हुने सांंसदलाई पनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

जिल्ला भ्रमण, विदेश भ्रमण घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितीलाई सदर गरेको छ ।

तर प्रायः सांसद संसद्लाई बेवास्ता गर्ने गरेकै कारण अनुपस्थित हुने गरेको पाइएको छ । गत असोज २ गतेको संसद् बैठकमा पनि सभामुख कृष्णबहादुर महराले लगातार दस दिनभन्दा बढी अनुपस्थित हुने १५ जना सांसदको बिदा स्वीकृत गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार