sajalsandesh

सभामुखमा नेम्वाङ नभए तुम्बाहाम्फेको पक्षमा ओली

काठमाडौं- सभामुख चयनको विषयमा नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फरक मत देखिएको छ ।
रिक्त रहेको सभामुख चयनलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डबीच फरक मत आएको छ।

नेकपामा सभामुख चयनको विषय पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री ओली र प्रचण्डले फरक धारणा राखेपछि झन् स कस बन्दै गएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटघाटमा फरक मत भएको हो ।

प्रधानामन्त्री ओलीले सभामुखको लागि संसदीय दलको उपनेता तथा पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङलाई बनाउनुपर्ने अडान अगाडि सार्नुभएको छ । अर्कातिर प्रचण्डले सभामुख आफ्नो पार्टीको भागमा परेको हुनाले प्रचण्डको रुचिका अग्निप्रसाद सापकोटालाई बनाउनैपर्ने अडान बोकेर बस्नुभएको छ । ओली र प्रचण्डले आफ्नो रुचिको व्यक्तिलाई सभामुख बनाउनुपर्ने अडान राखेकै कारणले नेकपाभित्र सभामुखको विषयलाई लिएर पार्टीभित्रका नेताहरू दुई धुव्रमा केन्द्रित भएका छन् ।

ओलीले पार्टीभित्र सभामुखको लागि नेम्वाङकै पक्षमा सहमति जुटाउने प्रयास गरिरहनुभएको छ । तर, ओलीले नेम्वाङको पक्षमा सहमति जुटाउन नसकेको खण्डमा उपसभामुखसमेत रहेको शिवमाया तुम्बाहाङफेलाई बनाउनुपर्ने प्रस्ताव तेस्र्याउनुभयो ।

तत्कालीन माओवादी केन्द्रको भागमा रहेका सभामुखमा ओलीले तत्कालीन एमालेका दुईलाई प्रस्तावमा ल्याएपछि प्रचण्डलाई थप संकटमा पर्नुभएको हो । उपसभामुखको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आड पाएको हुनाले सभामुख चयनमा नेकपाभित्र थप सकसपूर्ण बन्दै गएको छ ।

ismt college
dish home