ओली र प्रचण्डको कडा निर्देशन : हेटौडा राजधानी बनाउने निर्णय दायाँबायाँ नहोस्

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन संविधान र प्रदेश सभाको अधिकारविपरित भन्दै वि रोध भइरहेको छ ।

प्रदेशसभा सदस्यहरुले यसको चर्को वि रोध गर्दै कुनै हालतमा हेटौडा राजधानी हुन नसक्ने बताइरहेका छन् । तर, नेकपाको नेतृत्व भने मातहतका पार्टी कमिटीहरुलाई हेटौडा नै राजधानी राख्न चर्को ‘द वा व’ दिइरहेको छ ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वागमती राख्न निर्देशन दिएको थियो । सचिवालयको यो निर्णयलगत्तै नेकपाका प्रदेश सांसदहरुले निर्णयको वि रोध गर्न थालेपछि त्यसको तेस्रो दिन नेकपाका नेताहरुले प्रदेश तीनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर ‘प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न’ कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार