फुट्न लाग्यो काँग्रेस, आजपनि देउवा र पौडेल पक्षको बैठक छुट्टाछुट्टै

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतरको बैठक छुट्टा–छुट्टै स्थानमा बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक २ बजे केन्द्रीय कार्यालयमा बोलाएका छन् भने संस्थापन इतरको बैठक महामन्त्री सशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने भएको छ । केन्द्रीय समितिको बैठक राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा छलफल गर्नका लागि बोलाइएको पार्टी कार्यालय सानेपाले जनाएको छ ।

तर, पुस ११ गते संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने बताउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अलगै छलफल गर्ने तयारी गरेको हो ।

हिजो बोलाइएको पदाधिकारी बैठक पनि असन्तुष्ट समूहले बहि ष्कार गरेको थियो । महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थामा नेतृत्व बाँडफाड, विभाग गठन, क्रियाशील सदस्यतको नाम र संख्या लगायतका विषयमा दुई पक्षबीच विवा द छ ।

विवा दकै कारण मंसिर २६ बाट बोलाइएको बैठकमा संस्थापनइतरका केन्द्रीय सदस्यहरू अनुपस्थित रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार