sajalsandesh

प्रमोद खरेलको नयाँ गीत ’लुकी लुकी चोरी चोरी’ मा नाजिर र एलिशाको रोमान्स

काठमाडौं – चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको सुमधुर स्वरमा ’लुकी लुकी चोरी चोरी’ बोलको गीत बुधबार सार्वजनिक भएको हो। यस गीतमा तारा अधिकारीको शब्द र रमेश कडरियाको संगीत रहेको छ। गीतको भिडियोमा नाजिर हुसेन र एलिशा राई देखिएका छन् ।

यस गीतको भिडियोलाई अनिल के। मानन्धरले खिचेका हुन् भने शान थापाले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। यसअघि गायक खरेलको ‘यो कुरा गोप्य’ बोलको गीत निकै हिट भएको थियो ।

ismt college
dish home