काठमाडौँ- आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहदै ७३ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सयमै कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ९० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।