गाउँपालिकाका अध्यक्षको सरकारी गाडीमा चल्ला र भुस बोकेपछि….

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संखुवासभा – पटकपटक व्यापारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग भएको खबर पाएपछी सोमबार साँझ ७ बजे सभापोखरी १ धुपूमा एउटा सेतो नम्बर प्लेटको गाडी स्थानीयले रोके । यसैको आधारमा स्थानीय भेला भएर को १ झ ५९२ नम्बरको गाडी रोकेका थिए । उक्त गाडी सभापोखरी गाउँपालिकाको थियो । गाडीको पछिल्लो भागमा कुखुराको चल्ला र भुस राखेर सदरमुकाम खाँदबारीबाट सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जाँदै गर्दा स्थानीयले गाडी रोकेका थिए ।

गाडीका चालक कमलध्वज लिम्बुलाई सोधपुछ गर्दा चल्ला र भुस गाउँपालिकाका अध्यक्ष रत्नबहादुर सुब्बाको रहेको खुलेको थियो । चालक लिम्बुले अध्यक्षले भने अनुसार चल्ला र भुस ल्याएको बताए । व्यापारिक प्रयोजनका लागि रातको समयमा लुकी छिपी सामान ढुवानी गरेर सरकारी गाडी दु,रुपयोग गरेको देखेपछि गाडी र चालक सहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

मंगलबार स्थानीय, प्रहरी र गाउँपालिका अध्यक्षको उपस्थितिमा लामै छलफल भएपछी अब यसरी दु,रुपयोग नगर्ने समझदारीमा नियन्त्रण गरिएको गाडी र चालकलाई अध्यक्षको रोहबरमा छोडियो । अक्ष्यक्ष सुब्बाले गाउँलेको सामान ढुवानी बापत पालिकाले भाडा संकलन गर्ने र गाडी मर्मतमा खर्च पुग्ने बताउँदै आएका थिए । उनले यो ठूलो कुरो नभएकाले सञ्चार माध्याममा नलैजान पनि आग्रह गरे ।

तर घटना सेलाउन नपाउँदै बुधबार गाउँपालिकाले घटनाको ढाक छोप गर्न समाचारको खण्डन गर्दै विज्ञप्ती जारी गरेको छ । अध्यक्ष रत्न बहादुर सुब्बाको हस्ताक्षरित विज्ञप्तीमा समाचार गलत, सुनियोजित, भ्रमपूर्ण ढंगले विपक्षीहरुद्धारा प्रतिशोधको रुपमा लेखिएको उल्लेख गरेका छन् । तर स्थानीयले गाउँपालिकाको गाडी मात्रै होईन पालिकाका मोटर साइकलहरु समेत चरम दु,रुपयोग भइरहेको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार