आज विश्वमा नेपाली पोशाकलाई चिनाउन राष्ट्रिय पोशाक दिवस मनाइँदै

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं- आज नेपाली पोशाक दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो ।

‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराकोसाथ आज राष्ट्रिय पोशाक दिवस मनाइँदै छ । राजधानी लगायत देशका विभिन्न स्थानमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ ।

नेपाली पोशाकबारे

कुनैबेला नेपाल र नेपालीको गर्वको विषय थियो, राष्ट्रिय पोसाक दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोली । तर, २०६२/०६३ सालको जनआन्दोलनपछि गणतान्त्रिक भएको नेपालमा केही यस्ता निर्णयहरु भए, जसले देशमा सदियौंदेखिको पहिचान भत्काइदियो र नयाँ पहिचानको स्थापना गर्न सकेन । आफनो राष्ट्रिय पहिचान र गौरवको गाथा पनि मेटाइदियो । त्यसै घाँनमा प¥यो, राष्ट्रिय पोसाक- दौरासुरुवाल, ढाकाटोपी र गून्यूचोली पनि ।

अहिले हाम्रो देशसँग आफ्नाे कुनै एक राष्ट्रिय पोशाक छैन । दौरा सुरुवाल र गुन्यूचोलीलाई मिल्काएपछि नयाँ केही आएको छैन । परिवर्तनलाई संस्थागत गर्ने नाममा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको राष्ट्रिय पोसाकलाई खारेज गरिदिए ।

जसको अभाव खड्किरहेको छ अहिले । र, त्यो अभावपुर्तीका खातिर केही युवाहरु जुर्मुराएका छन् । र, उनीहरुले भनिरहेका छन्, छिटो नेपाली पोसाक घोषणा होस् । सरकारलाई राष्ट्रिय पोसाक घोषणा गर्न दबाबस्वरुप उनीहरुले प्रस्तावित नेपाली पोसाक दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार