महिला पत्रकारलाई लाइभ रिपोर्टिङमै किस गरिदिएपछि ….. !

त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षीय एक पुरुषले …

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा पुरुषले गालामा चुम्बन गरिदिएका छन् ।

यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबलमा पुगेर लाइभ रिपोर्टिङ गरिरहेकी थिइन् । त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षीय एक पुरुषले गालामा किस गरेका हुन् ।

रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तरता दिएकी थिइन् । अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । यसरी चुम्बन गर्ने ती व्यक्तिको पहिचान भइसकेकाे छ ।

एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् । ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन् गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् ।

उनले त्यो रमाइलोका लागि गरेकाे समेत बताउन छुटाएका छैनन् । यदि यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ । साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार