इलाममा १ रुपैयाँमै खाने बस्ने सुविधा

२०७६ पुष १७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ जना पर्यटकलाई १ रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ।

पहिलोपटक होटल बुक गर्न आएका ५ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी १/१ रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो।

इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएको खबर आजको गोरखापत्रमा प्रेम अधिकारीले खबर लेखेका छन्।

पर्यटकलाई थप आकर्षित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रवद्र्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार