sajalsandesh

नेपाली काङ्ग्रेस र राप्रपा परित्याग गरी नेकपामा प्रवेश गर्नेको घुँइचो

प्रवेश बिष्ट/रतुवामाई – मोरङको रतुवामाई नगरपालिकामा नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दर्जन बढि कार्यकर्ता आफ्नो पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा रतुवामाई वडा नं ९ कमिटीले आयोजना गरेको टोल कमिटीको शपथ ग्रहण कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका छन् ।

नव प्रवेशी कार्यकर्ताहरुलाई नेकपाका केन्द्रिय सदस्य महेश रेग्मी, गोपी आछामी, नेकपा मोरङ्ग जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेल , नेकपा जिल्ला सचिव गणेश उपे्रती, जिल्ला सदस्यहरु मेघराज शर्मा कट्टेल , प्रकाश शाह , सुमन कालिकोटे, रतुवामाई नगर कमिटीका अध्यक्ष सचिव तथा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

नव प्रवेशीटुक बहादुर थापाले आफुहरुले पुस्ताँैदेखि पिडा सहँदै आएको र यहाँका समस्या समाधानमा नेकपाले अग्रसरता देखाएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताउनुभयो । उहाँले विद्युत, सडक जस्ता अत्यावश्यक पूर्वाधार नहुदा जन जीवन कष्टकर वनिरहेको वेला नेकपाले यस्तो समस्या अन्त्य गर्न लागेको भन्दै खुसी व्यत्त गर्नुभयो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपा केन्द्रिय सदस्य महेश रेग्मीले जनताको मागअनुसार विकास निर्माणका कामहरु गर्दै जाने बताउनुभयो । साथै उहाँले जनताको हित विपरित कसैले काम गनै नहुने पनि बताउनुभयो ।

ismt college
dish home