ओली–महतो गोप्य भेट, राजपा सरकारमा सहभागी !

२०७६ पुष १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – राजपा नेपालका संयोजक राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली एक्लै भेट्न पुगेको महतो बैठकपछि खुशी देखिएका थिए ।

समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको छ । समाजवादीले सरकारबाट समथर्न फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले पनि विश्वासको मत लिनुपर्नेछ । यस्तो अवस्थामा ओलीले राजपा नेपालका संयोजक महतोसँग आज भेट गरेका हुन् । राजपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने बुझिएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार आजको भेटवार्तामा सभामुखको निर्वाचन, सरकारमा सहभागितालगायतका विषयमा कुराकानी भएको थियो । महतोले आफ्ना मागहरु पूरा गरेर राजपा सरकारमा सहभागी हुनसक्ने संकेत गरेका थिए । महतोले पार्टीको तर्फबाट मु द्दा फिर्ताको कुरा उठाएका थिए । तर, संविधान संशोधनको बारेमा भने कुनै कुरा भएको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार