sajalsandesh

कसरी बढाउन सकिन्छ आफ्नाे इच्छाशक्तिलाइ ? जान्नुहाेस्

सुरू नै नगरी सफलता मिल्दैन । त्यसैगरी सुरू गरिसकेपछी सफलताकाे लागी धैर्यता र लगनशीलता चाहिन्छ । त्यसकाे लागी दृण इच्छाशक्तिकाे आवश्यकता पर्छ । जब इच्छाशक्तिमा कमी आउन थल्छ, व्याक्ति बीच बाटाेबाट या गन्तव्यकाे नजिक पुगेर पनि थाकेर फर्किन्छ । र इच्छाशक्ति नहुने व्याक्तिले त केही सुरू नै गर्दैन ।

यसरी बढाउन सकिन्छ इच्छाशक्तिलाई

सबैभन्दा पहिले आफुलाइ मन पर्ने र आफुसँग भएकाे क्षमता भएकाे कामकाे खाेजी गर्नुहाेस् । त्यसपछी त्याे सुरूवाती बिन्दुले तपाइलाइ पछी कहाँसम्म लैजान सक्छ ? तपाइले के प्राप्त गर्न सक्नुहुन्छ ? तपाइकाे जिवनकाे लक्ष्य के हाे ? आदी प्रश्नकाे उत्तर आफैलाइ साेधेर स्पष्ट हुनुहाेस् ।

एकैपटक ठुलाे लक्ष्य बाेकेर हिड्नुभयाे भने तपाइ बिस्तारै हतास हुने सम्भावना बढ्छ । जसले गर्दा तपाइकाे इच्छाशक्ति पनि कम हुँदै जान्छ । त्यसैले अाफ्नाे मुख्य लक्ष्यमा पुग्नकाे लागी स-साना अरू लक्ष्य बनाउनुहाेस्, जस्ताे कि, एक महिनामा मैले त्याे काम सक्नेछु, एक वर्षमा मैले त्याे कामकाे थलानी गर्नेछु, दुइ वर्षमा म याे स्थानमा पुग्रेछु आदी ।

त्यसपछी ति साना लक्ष्य पुरा हुँदा आफुलाइ स्याबासी दिनुहाेस् । यसरी याेजना बनाउनाले तपाइकाे इच्छाशक्ति बढ्दै जान्छ ।आफुमाथी लगानी गर्नुहाेस् । जब तपाइले आफुमाथी लगानी गर्नुहुन्छ, तपाइमा उत्साह र उत्प्रेरणा जाग्छ । जसले स्वाभाविक रूपमा इच्छाशक्ति पनि बढाउँछ ।

त्यसैले समय-समयमा विभिन्र कार्यक्रममा सहभागी हुने, नयाँ कुरा सिक्ने, आफ्नाे लागी उपहार किन्रे, व्याक्तित्व विकासकाे लागी नयाँ तरिका अपनाउने गर्नुहाेस् ।एउटा काम सफल भएपछी सन्तुष्ट भएर नबस्नुहाेस् । सफलतालाइ कुनै एउटा गन्तव्य हाेइन, निरन्तर यात्राकाे रूपमा लिनुहाेस् ।

तपाइलाइ एउटा पहाड चढिसकेपछी थाहाँ हुन्छ कि, तपाइले चढ्नुपर्ने र चढ्नसक्ने अझँ धेरै पहाडहरू बाँकी छन् । स्वास्थ्य राम्राे नभएकाे खण्डमा व्याक्तिले आफुलाइ लक्ष्यमा समर्पित गर्न सक्दैन । निराशाले सताउन थाल्छ । त्यसैले शारीरिक तथा मानशिक दुवै किसिमले स्वस्थ रहने प्रयास गर्नुहाेस् ।

हरेक दिन बेलुका आफुले गरेकाे कामकाे बारेमा डायरीमा लेख्नुहाेस् । आफु पहिले कहाँ थिएँ, अहिले कहाँ छु भन्रे मुल्याङ्कन गर्नुहाेस् । त्यसपछी भाेलिकाे लागी समय तालिका बनाएर सुत्नुहाेस् । यसले तपाइलाइ अगाडी बढी रहन प्रेरित गर्छ । आफ्नाे क्षेत्रमा काम गरिरहेका मानिसहरूसँग काम गर्नुहाेस् । सकारात्मक साेच भएकाे साथीहरूकाे सँगत गर्नुहाेस् । प्रेरणाहायी सामाग्री पढ्नुहाेस् ।

ismt college
dish home