sajalsandesh

कुन राशीका प्रेमी/प्रेमिका कस्ता, थाहा पाउनुस् आफ्नो ‘प्रेमजीवन’

मेष: पर्सनालिटीका कारण यिनीहरुप्रति जो कोही पनि छिट्टै आकर्षित हुन सक्छन् । हतारमा प्रेम गर्छन्, यिनीहरुको प्रेम ज्यादबेर टिक्दैन । यिनीहरु जति छिटो कोहीसँग प्रेम गर्नसक्छन्, त्यति छिटो भूल्न पनि ।

वृष: यिनीहरुलाई त प्रेम सम्बन्ध बनाउनमा महारथ नै हासिल छ, भन्दा फरक नपर्ला । यिनीहरुको वैवाहिक जीवन सुखद् नै हुन्छ र आफ्नो प्रेमलई पनि जीवनभर निभाउन सक्छन् । आफ्नो जीवनसाथीप्रति प्यारको कुनै सीमा नै हुँदैन ।

मिथुन: यस राशीका व्यक्तिहरुको जीवनमा कैयन प्रेमसम्बन्ध हुन्छन् । यिनीहरु विवाहलाई खासै महत्व दिँदैनन्, प्रेममा हराईरहन मन पराउँछन् । यिनीहरु कुनै बन्धनमा बाँधिएर बस्न मन पराउँदैनन्, यिनीहरुको मन यता/उता चाहारिरहन्छ ।

कर्कट: प्रेमको मामलामा यिनीहरु मुडी हुन्छन् । तर, आफ्नो सम्बन्धप्रति इमान्दार हुन्छन् र जिम्मेवारीका साथ सम्बन्धलाई निभाउँछन् । आफ्नो जीवनसाथीको भावनालाई कदर गर्छन् । यिनीहरुको भाग्योदय विवाहपछि नै हुन्छ ।

सिंह: यिनीहरु आदर्श प्रेमी हुन्छन् । प्रेम सम्बन्ध पनि धेरै हदसम्म सफल हुन्छ । यिनीहरु भावुक र जीवनसाथीप्रति बफादार रहन्छन् ।

कन्या: यिनीहरुलाई पनि राम्रो प्रेमीको सूचीमा राख्न सकिन्छ । प्रेमभन्दा पनि यिनीहरुको वैवाहिक जीवन सुखद् हुन्छ । जीवनसाथीप्रति गहिरो झुकाव हुन्छ, यसैले यिनीहरु प्रेम सम्बन्धलाई गम्भीरतापूर्वक लिन्छन्, अन्त्यसम्म निभाउँछन् ।

तुला: यस राशीका व्यक्तिहरु महान प्रेमीको सूचीमा निकै अघि रहन्छन्, किनकी यिनीहरुले प्रेमको गहिराई राम्रोसँग बुझेका हुन्छन् । दु:खमा यिनीहरुलाई प्रेमी/प्रेमिका वा नजिकको साथीको साथ निकै महत्वपूर्ण हुन्छ । यिनीहरुले प्रेमलाई एउटा पवित्र बन्धन मान्छन् ।

धनु: यस राशीका व्यक्ति निकै राम्रो प्रेमी/प्रेमिका बन्न सक्छन्, तर यिनीहरुको प्रेम लामो समय टिक्दैन । नयाँ अनुहारले यिनीहरुलाई छिट्टै आकर्षित गर्नसक्छ । प्रेममा धोखा पाउँदा जरुर दु:खी हुन्छन्, तर आफ्नो नयाँ साथी पनि छिट्टै खोजिहाल्छन् ।

वृश्चिक: यो राशी हुनेहरु आफ्नो प्रेमका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुन्छन् । आफ्नो जीवनसाथीको रक्षाका लागि हमेशा तयार रहन्छन् । आफ्नो प्रेमी-प्रेमिकाप्रति इमान्दार रहने प्रयास गर्छन् । पर्सनालिटीका कारण मानिसहरु छिट्टै यिनीहरुतर्फ आकर्षित हुन्छन् ।

मकर: यिनीहरु आफ्नो प्रेमी वा प्रेमिकालाई निकै नै माया गर्छन् । एकपटक कोहीसँग माया बस्यो भन् जिन्दगीभर ऊ प्रति इमान्दार र आफादार बन्ने यिनीहरुको स्वभाव हुन्छ । त्यसैकारण यिनीहरुलाई राम्रो सूचीमा राख्न सकिन्छ ।

कुम्भ: यस राशी प्रेमी भावुक र हरेक काम मनदेखि गर्ने स्वभावका हुन्छन् । यिनीहरु कुनै अञ्जान व्यक्तिसँग पनि निस्वार्थ प्रेम गर्न सक्छन् । आफ्नो जीवनसाथीमाथि पूरा विश्वास राख्छन् । कहिलेकहीँ यिनीहरुमा आफ्नो जीवनसाथीप्रति लापरवाह अथवा मतलब नगरेको जस्तो स्वभाव पनि देखिन्छ ।

मिन: मिन राशीका व्यक्तिहरु प्रेम सम्बन्धलाई अटूट बनाइराख्न मन पराउँछन् । यिनीहरुको दिल कैयन पट्क टुट्छ । त्यसो त प्रेम जीवन पनि सामान्य नै हुन्छ । आफ्नो प्रेमी आफूप्रति वफादार र समजदार भइदियोस् भन्ने सोंच यिनीहरुमा बढी हुन्छ ।

ismt college
dish home