किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्ताव

२०७६ पुष १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई किस्ताबन्दीमा कर तिर्ने प्रस्ताव गरेको छ । एनसेलको उक्त प्रस्तावबारे ठूला करदाता कार्यालयले भने कुनै निर्णय गरिसकेको छैन ।

नयाँ प्रस्तावमा एनसेलले एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको हो ।

एनसेलले किस्ताबन्दीमा कर तिर्ने प्रस्तावसँगै ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको स्रोतले जनाएको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । उक्त कर १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरे पनि एनसेलले कर तिरेको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार