ए डिभिजन लिग : जावलाखेलको जित

२०७६ पुष १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २ – ० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र विजय घलानले एक/ एक गोल गरे । यस्तै अर्को खेलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार