उद्योग वाणिञ्य संघ इनरुवामा काङ्ग्रेस उम्मेदवार बिजयी

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – उद्योग वाणिञ्य संघ इनरुवाको अध्यक्षमा काङ्ग्रेस निकट व्यबसायी बिरेन्द्र शाह बिजयी भएका छन् । काङ्ग्रेस निकट लोकतान्त्रिक समूहका शाहले समावेशी तर्फका उम्मेद्वार पञ्चदेव मेहतालाई १९ मतले पराजित गरेका छन् । शाह ५ सय ४९ मत ल्याई बिजयी बन्दा मेहता भने ५ सय ३० का साथ पराजित हुन पुगेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गिरीराज अटल बिजयी भएका छन् । अटल समावेशी प्यानलबाट चुनाव लडेका थिए । अटल ६ सय २० मत ल्याई बिजयी हुँदा बद्री स्वर्णकार पराजित भएका छन् ।

स्वर्णकारले ४ सय ५२ मत पाए । सचिवमा लोकतान्त्रिक समूहबाटै रोशनकुमार खड्का ५ सय ६२ मतका साथ बिजयी भएका छन् । प्रतिष्पर्धी मनोज जैनले ५ सय १५ मत प्राप्त गरेका छन् । त्यसैगरी सहसचिवमा समेत लोकतान्त्रिक समूह बिजयी भएको छ । लोकतान्त्रिक तर्फका उम्मेद्वार सुरेन्द्र साह ५ सय ५३ मतका साथ बिजयी हुँदा चन्दप्रसाद रिजाल पराजित भएका छन् ।

रिजालले ५ सय २३ मत पाएका छन् । कोषाध्यक्षमा भने समावेशी समूहले बाजी मारेको छ । रमेश श्रेष्ठ ६ सय ४१ मतका साथ बिजयी हुँदा कृष्णदेव मेहता भने ४ सय ४० मत ल्याउँदै पराजित भएका छन् । परिणाम आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार