के नेकपाले भीम रावललाई कार्वाही गर्ला ?

२०७६ पुष १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित काम गर्नेलाई कारवाही गर्ने अंगिकार गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा जारी गरेको तेस्रो अन्तरपार्टी निर्देशनमा सरकारका बिरुद्ध जनतामा भ्रम छर्नेलाई कार्वाही गर्ने उल्लेख छ ।

पछिल्लो समय सरकारका कतिपय निर्णयहरु विरुद्ध नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन् । कतिपय नेकपा निकट कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ‘के अब नेकपाले भीम रावललाई कार्वाही गर्ला ?’

मंगलवार मात्रै नेता रावलले देशभक्तीवारे टिप्पणी गर्न तयार छु भन्दै ट्वीटरमा लामो टिप्पणी गरेका छन् । देश र जनताको पक्षमा बोल्दा २०३२ सालमा निरंकुश पञ्चायती शासनले केन्द्रिय कारागारमा थुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाप्रति कटाक्ष गरेका छन् । ‘पञ्चायती शासनले मलाई केन्द्रिय कारागारमा थुन्दा प्रधानमन्त्री केपी ओलीजी पनि त्यहि हुनुहुन्थ्यो तर, उहाँका सल्लाहकार सूर्य थापा भने त्यो बेला १० महिनाको शिशु हुनुहुन्थ्यो ।’

प्रधानमन्त्रीका सल्लाहकार थापासंग सामाजिक सञ्जालमा बहसमा उत्रिएका रावलले आफुले संविधान तथा पार्टीका सिद्धान्त र नीति अनरुप बोल्दा ‘राष्ट्रवाद’को बहसमा उत्रेको भनी थापाले धम्कि दिएको टिप्पणी गरेका छन् ।

सल्लाहकार थापाको वारेमा रावलले लामै टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार र नेकपाकै शीर्ष नेताको सामाजिक सञ्जालमा सुरु भएको यो जुहारीले सकारात्मक सन्देश पक्कै नदेला । नेकपाकै नितीकै कुरा गर्ने हाे भने प्रधानमन्त्रीका सल्लाहकार र एकजना शीर्ष नेताकै जुहारी पक्कै पाटीकाे निति अनुरूप हाेइन हाेला । त्यसाे हाे भने नेता रावललाइ कहिले कस्ताे कार्वाही हुने हाे कार्यकर्ता प्रश्न गरेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार