sajalsandesh

फेसबुक, ट्वीटर दर्ता गर्न आएन भने सरकार के गर्छ?

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता गर्न आएन भने सरकारले कस्तो कदम चाल्छ भन्ने प्रश्न गरेको छ।

सरकारले राष्ट्रियसभामा पेश गरेको नेपाल विशेष सेवा ऐन र सूचना प्रविधि विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन माग गरेको छ।

‘सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेकै भरमा १५ लाख तिर्नुपर्ने प्रावधान स्वीकार्य छैन,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नागरिक स्वतन्त्रता कुण्ठित गर्न खोजिएको छ। सरकार सच्चिन, नेता सच्याउन सामाजिक सञ्जालमा आलोचना गर्न पाइन्छ।’

उनले फेसबुक, ट्वीटर र इन्स्टाग्राम बन्द गर्न चाहेको हो भन्ने प्रश्न पनि गरे।

‘सरकार के फेसबुक, ट्वीटर र इन्स्टाग्रामलगायत बन्द गर्न चाहन्छ? दर्ता गर्न आएनन् भने के गर्छ?,’ शर्माले प्रश्न गरे।

उनले एकपछि अर्को नागरिक स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याएर सरकारले बहुदलीय पञ्चायती व्यवस्थाको अभ्यास गरेको आरोप लगाए।

‘फोन रेकर्ड गर्न दिने पक्षमा नागरिक तयार हुनुहुन्छ?,’ उनले भने, ‘हामी संसददेखि सडकसम्म विरोधमा उत्रन्छौं।’

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले एमसिसीलाई अवरूद्ध गर्न खोजेको पनि बताए।

ismt college
dish home