नयाँ सभामुखको टुंगो नलगाउन नसकेपछि संसद बैठक पुस २७ गतेसम्मका लागि स्थगित

२०७६ पुष १५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – सत्तारुढ नेकपाले नयाँ सभामुखको टुंगो नलगाउन नसकेपछि संसद बैठक फेरि सरेको छ । भोलि (बुधबार) एक बजेका लागि बोलाइएको बैठक पुस २७ गते एक बजेसम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ । सभामुखको टुंगो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल मंगलबार बिहानैदेखि छलफलमा जुटेका थिए ।

दुईअध्यक्षबीचको छलफलले सभामुख चयनको टुंगो लगाउन नसकेपछि संसद बैठक नै धकेलिएको हो । सभामुखमा नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीले पाउने भन्नेमा तीव्र विवाद छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार