sajalsandesh

घरभाडामा बस्‍नेको विवरण प्रहरीमा अनिवार्य बुझाउनुपर्ने

काठमाडौँ- सरकारले डेरावालाको विवरण संकलन गर्ने भएको छ ।

घरमा भाडा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने भएको हो ।

आज गृह मन्त्रालयमा भएको गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले कोठा भाडामा लगाउँदा भाडामा लिनेको परिचय खुल्नेसहितको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने नियम ल्याएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति/संस्था/कार्यालयका लागि नयाँ नियम लागु गर्ने निर्णय लिएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको भन्दै’ गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको छ ।

ismt college
dish home