उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

२०७६ पुष १४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी- मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर सोमबार बिहान एकजनाको मृ,त्यु भएको छ ।

उर्लाबारी नगरपालिका ४ का ५४ वर्षीय सोमबहादुर रोक्‍काको चिसोका कारण मृ,त्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । रोक्‍काको श,व उर्लाबारी १ स्थित बक्राहा खोलाको बगरमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको उनको भनाइ छ । भतिजो विनोद रोक्‍काले पारिवारिक सम्बन्ध बि ग्रिएपछि सोमबहादुर तीन वर्षदेखि एक्लै उर्लाबारीमा बस्दै आएको जानकारी प्रहरीलाई गराएको राईले बताए ।

अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तव्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यही मृ,त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी राईले दिए । श,व पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको उनले बताए ।

प्रहरीकाअनुसार यस वर्ष चिसोका कारण मोरङमा मानवीय क्ष ति भएको यो नै पहिलो घ,टना हो । लगभग दुई सातादेखि दिनदेखिको बाक्लो हुस्सु र शीतलहरका कारण तराईको जनजीवन क ष्ट कर बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार