sajalsandesh

राष्ट्रिय सभामा कोमल वलीको यस्तो माग

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सांसद कोमल वलीले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने माग गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभामा बोल्दै वलीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै मेडिकल कलेज सञ्चालकलाई अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिनुपर्ने बताइन् ।
‘चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ताका लागि पनि उहाँले नै निर्देशन दिनुपर्छ,’ उनले भनिन् ।

मेडिकल कलेज सञ्चालकहरूले अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म विद्यार्थीले पैसा पाएका छैनन् । ‘विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाएका छैनन् । उनीहरू पुनः आन्दो लनको तयारीमा छन्,’ सांसद वलीले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि शुल्क फिर्ताबारे के भइराखेको छ सदनलाई जानकारी दिनुपर्ने उनको माग छ ।

ismt college
dish home