sajalsandesh

देउवालाई नहटाइ कांग्रेस सुध्रँदैनः डा. शशांक कोइराला

काठमाण्डौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकपक्षीय रुपमा केन्द्रीय समितिको बैठक बसाएर गरेका निर्णयहरूले साधारणतया धेरै प्रतिक्रिया नदिने वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि रु ष्ट बनाएको छ । गत महाधिवेशनमा पौडेल समूहबाट उठेर महामन्त्री भएता पनि डा. कोइरालाले धेरै विषयमा देउवाले लिएको निर्णयमा साथ दिँदै आएका थिए ।

आफूले पार्टी एकताको लागि एक प्रकारको सौहार्दता देखाएको तर देउवाले भने पार्टीमा केवल मन परी ढंगले गलत निर्णय गर्दै गएको हुनाले आफूले बोल्नैपर्ने अवस्था आएको कोइरालाले बताए । उनले अब देउवासँग कुनै प्रकारको वार्ता नहुने र सम्पूर्ण पार्टी एक भएर पहिले देउवालाई महाधिवेशनबाट विस्थापन गर्ने बताए ।

कम बोल्ने, कसैप्रति आ रोप नलगाउने, कार्यकर्ताको सुझाव सुन्ने तर आफ्नो धारणा सार्वजनिक गरिनहाल्ने नेताका रुपमा चिनिने नेता डा. कोइरालाले आइतबार कुराकानीमा अब आफू खुलेरै पार्टीको नेतृत्व परिवर्तन गर्न अघि बढेको स्पष्ट पारे । उनले काँग्रेस सभापतिबाट शेरबहादुर देउवालाई नहटाएसम्म काँग्रेस पार्टी सुधार हुन नसक्ने बताउनुभयो ।

ismt college
dish home