कुखुराको मासु र अण्डाको मूल्य बढ्यो

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल ह्याचरी संघबीचको छलफल निष्कर्षविहीन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ह्याचरी उद्योग संघको आन्दोलनको कारण ब्रोइलर कुखुरा तथा अण्डाको मूल्य एक रुपैयाँ पनि वृद्धि भए तत्काल का रबाही गर्ने बताएको थियो ।

यसै विषयमा वाणिज्य विभागले आइतबार दुई बजेदेखि संघलाई छलफमा बोलाएको भए पनि निष्कर्ष निस्किएन । यसै विषयमा कुरा गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, “ह्याचरी संघको बद्मासी नै प्रष्ट भए, जरिवानादेखि अनुमति प्रकृया खारेजी सम्मको कारबाही हुन्छ ।” तर झट्ट कार बाही गर्ने अवस्था देखिएन ।

छलफलमा किसान र उपभोक्ताकर्मी समेत सामेल भएकाले आज सम्मको प्रमाणले कारबाही गर्ने स्थिति नदेखिएको हो । किसान मर्कामा छ कि छैन, लागत मूल्य कति हो त्यसको बारेमा सहजीकरण गर्नुपर्ने देखियो । मूल्य प्रणालीमा असर पर्ने काम गर्नु भएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार