सस्तोमा प्याज बेच्दा दुई युवक प्रहरीको फन्दामा

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी – सस्तोमा प्याज बेचेको अ’भियोगमा दुई युवक पक्राउ परेका छन् । भारतको मध्य प्रदेशको ग्वालियरमा दुई युवक अजय जाटव र जितु वाल्मिकी नाम गरेको १० रुपैयाँ किलो प्याज बेच्दा प्रहरीले पक्राउ गरेको भारतीय दैनिक अमर उजालाले बताएको छ ।

यी दुई युवकले ६० हजार भारु मूल्य बराबरको प्याज चो’री गरि, प्याजलाई प्रति किलो १० देखि २० रुपैयाँमा बेच्न सुरु गरका हुन् ।सस्तो प्याज बेचिरहेको हल्ला चलेपछि प्याज किन्न मानिसहरुको भीड भयो ।

दुवैले मिलेर केही घण्टामै पूरै प्याज बेचि सके । दुई युवकले लसुन र प्याज चो’रेको प्रहरीले बताएका छन् । उनीहरुले ५० किलो प्याजका १२ बोरा र लसुनका २ बोरा चो’री गरेका थिए ।

दुवै युवकलाई अदालतमा पेश गरियो, दुवैलाई पुलिस क’स्टडी’मा पठाइएको छ । दुवैले अ’प’रा’ध पनि स्वीकार गरेका छन् ।आरोपीहरुले आफूहरु प्याजको मूल्य बढेर हैरान भएपछि चो’री गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार