शनिवारको दिन खाँदै नखानुस यी पाँच परिकार

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिन्दु धर्ममा शनिदेवतालाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिबारको दिन शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । जुन शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तु यस्ता छन् ।

शनिबारको दिन सादा दूध तथा दही खान हुदैन । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ ।

खानामा मुसुरोको दाल खानु हुदैन । मुसुरोको दालबाहेक अन्य दाल भने खान सकिन्छ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मुसुरोको दाल खाए शनिमा क्रुर दृष्टि बढाउँछ ।

आँपको अचार शनिबारको दिन नखानुनै राम्रो हुन्छ । आँपको अचार काँचो आँपबाट बनाइने हुनाले यसको स्वाद अमिलो तथा टर्रो हुन्छ । यस्तो स्वादको खाद्यवस्तु शनिदेवलाई मन पर्दैन । त्यसैले शनिबारको दिन यस्ता खानेकुराबाट टाढा रहेकै बेस हुनेछ ।

शनिबारको दिन खानामा रातो खुर्सानी प्रयोग गर्नु हुदैन् । शनिदेवलाई खानामा रातो खुर्सानी प्रयोग गरेको मन पर्दैन । सुकेको तथा रातो खुर्सानी प्रयोग नगर्दा तपाईंलाई शनिबारको दिन लाभ मिल्नेछ ।

शनिबारको दिन रक्सी तथा मद्यपानबाट बच्नु उपयुक्त हुनेछ । कुण्डलीमा शनि यदि राम्रो अवस्थामा छ भने पनि यो दिन रक्सी सेवन गरेको खण्डमा त्यसको असर उल्टो पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार