कुरीतिविरुद्ध प्रहरी,धमाधम छाउगोठ भत्काउँदै

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अछाम – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बयलपाटा अछामको प्रहरी टनेलीले विभिन्न स्थानमा रहेका छाउगोठ भत्काएको छ ।

साफेबगर नगरपालिका वडा नं.७ रिडिकोटमा नौ वटा, साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा १० वटा, पिपलतोला र श्रीकोटमा ३६ वटा, पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ चुहानेपानी,सर्फा र कुमालीमा १४ वटा गरि जम्मा ६९ वटा छाउपढी गोठहरु भत्काइएको छ । साथै जनचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार