पार्टीभित्रैबाट सरकारलाई बदनाम गराउने काम भयोः प्रधानमन्त्री

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताएका छन् । पार्टी सम्बद्ध प्रेस संगठनले गरेको शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बनाउन देश विदेशका श क्तिहरु लागेको बताएका हुन् ।

उनले स्रोत साधन सम्पन्नहरु सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताए । उनले गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ गरे । उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइरहेकोसमेत बताए ।

उनले भने, ‘गोकर्ण रिसोर्टको लिज अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति त्यसका मुल्याङ्कनका विधिहरु तयार गरेर दिएको हो । के त्यसलाई नचलाउने भन्न पर्यो कि अरु केही गर्न पर्यो कसैले लिज लिएको छ र उसले प्रगति गर्छु भन्छ भने नदिने त ?’

उनले सरकारले गरेका काममा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए । प्रधानमन्त्रीले पार्टी भित्रैपनि कविता वाचन गरी विरो ध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सकृय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार