अर्को चुनावमा एक्लैले दुई तिहाइ ल्याउँछौं : प्रचण्ड

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

आइतबार गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी गरेका हुन् ।

“आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्वर्धन गर्न सक्ने दाबी गरे । त्यस्तै नेकपाले मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने दाबी समेत गरे ।

“यो स्थापित तथ्य हो । अझै बढी मिमिनेत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ,” उनले भने ।

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने प्रष्टीकरण दिए ।

उनले यो विषय कूटनीतिक तरिकाले समाधान गरिने पनि जानकारी दिए । कालापानी क्षेत्रबाट विदेशी सेना हटाउने सरकारलाई अवसर आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार