सिंहदरबारमै अटेरीको हद : सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई

२०७६ पुष १३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ।

प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र कारवाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारवाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ। कारवाहीको विवरण मन्त्रालय/कार्यालयका प्रमुखले पठाउनुपर्ने व्यवस्था छ।

सहसचिवसम्मका कर्मचारी छड्केमा परेकाले मन्त्रालयका सचिवले कारवाहीको विवरण पठाउन आलटाल गरिरहेका छन् । प्रधानमन्त्रीको निगरानीमा रहेको सतर्कता केन्द्रले भ्रष्टाचार तथा अनुचित काम न्यूनीकरण गर्न स्थलगत अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने व्यवस्था छ।

उसले मन्त्रालय/ कार्यालयको अनुगमन गर्ने क्रममा कर्र्मचारीको कार्यालय समय पालना र तोकिएको पोसाक लगाए/नलगाएको अनुगमन गर्दै आएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार