सरकारले इमानदारीका साथ काम गरिरहेको छ : प्रचण्ड

२०७६ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेकपा अध्यक्ष प्रचण्डले सरकारले इमान्दारिताका साथ काम गरिरहेको बताएका छन् । ‘पाटी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ’, शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’

परिवर्तनलाई उल्ट्याउन सहप्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए ।

इतिहास र वर्तमानमा क्रा न्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिले गरेको हुने उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले हामी जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा छौँ । यस अवस्थामा जनमत निर्माण गर्ने आवश्यकता छ । र जनमत गर्ने काम सञ्चारमाध्यमले गरेको छ । त्यसमा‌ पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्य रूपमा काम गरेको छ ।’ उनले मिडिया बु र्जु वाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुसँग आग्रह गरे । विचारमा एकतारुपता भए मात्र एकीकृत पाटीको उद्देश्य प्राप्त हुने भन्दै प्रचण्डले नेतृत्वले सही समयमा सही निर्णय गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय