पीपीएलको उपाधि चितवन राइनोजलाई

२०७६ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । आज पोखरामा सम्पन्न फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई ३२ रनले हराएको हो ।

फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई २ सय ३ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।

चितवनका युवा ब्याट्सम्यान अनिलकुमार शाह र यूएईका अलराउन्डर रोहन मुस्तफाले अर्ध शतकीय इनिङ खेले । अनिल ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए ।

अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए । अनिलले ३३ बलमा अर्धशतक पुरा गरेका थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार