नेपाल जेसीसको २०२० को अध्यक्षमा अशोक निर्वाचित

२०७६ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – अशोक शंकर नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विजयी निर्वाचित भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन् । शंकरले ५ सय ५२ मत प्राप्त गरे।

अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५ सय २७ र विकास मानन्धरले ४ सय ८७ मत मात्रै प्राप्त गरेका छन् । कुल एक हजार ७ सय १० मतमध्ये एक हजार ५ सय ६५ मत खसेको थियो।

कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वााचित भएका छन् । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जना प्रतिस्पर्धामा उत्रिएका थिए।

उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भए ।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो। महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्। नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा छन् । शंकर मोरङ्गको पथरी जेसीजका संस्थापक अध्यक्ष, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष समेतका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि सकेका कुशल नेतृत्वकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार