sajalsandesh

काँग्रेसलाई भाउ नदिएका उपेन्द्रले राजपाको बालुवाटार यात्रा पत्तै पाएनन्

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य सबै ६ प्रदेशमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकलौटी जीत हासिल गरे पनि प्रदेश २ मा त्यो सम्भव थिएन। त्यसैले नेकपाको लागि गठबन्धन अनिवार्य थियो।

गोलाप्रथाबाट दुई वर्षे म्याद हदमा जान लागेका मध्ये राष्ट्रिय जनता पार्टी (नेपाल)का २ जना वृषेशचन्द्रलाल र रमेश यादव, नेपाली काँग्रेसकी मुक्ता यादव र समाजवादी पार्टीका रामप्रित पासवान थिए। सोही सिटमा पुन: आउनका लागि पहिलाझैँ राजपा, काँग्रेस र समाजवादीबीच पुन: गठबन्धन अनिवार्य थियो।

कारण
प्रदेश २ मा सबैभन्दा बढी मत नेकपासँग छ। नेकपाले ३२ वटा प्रदेशसभा सदस्य तथा ८३ प्रमुख/उपप्रमुखसहित कूल मतभार ३ हजार ३० छ। त्यसपछि दोस्रो स्थानमा समाजवादीको ३० प्रदेश सदस्यसहित ५२ वटा प्रमुख/उपप्रमुखसहित २ हजार ३ सय ७६ कूल मतभार छ। तेस्रो स्थानमा रहेको काँग्रेससँग १९ प्रदेश सदस्य तथा ८१ वटा प्रमुख/उपप्रमुखसहित २ हजार ३ सय ७० मतभार रहेको छ।

यसैगरी, राजपाको २५ प्रदेशसभा सदस्य तथा ५४ वटा प्रमुख/उपप्रमुखसहित २ हजार १ सय ७२, रिजवान अन्सारी नेतृत्त्वको नेपाल संघीय समाजवादी पार्टीसँग प्रदेशसभा सदस्य १ सहित ४८ र हरीचरण साह नेतृत्वको नेपाली जनता दलको २ प्रमुख/उपप्रमुख ३६ मतभार रहेको छ।

देउवाको फोन आएपछि महतोले बाबुराम भट्टराई र यादव दुवैलाई सम्पर्क गरी २६ गते बिहान आफ्नै निवास, सिनामङ्‍गलमा बोलाए। ‘देउवाजीको फोन आएपछि मैले उहाँलाई निवासमा बोलाएँ र भनें, ‘अब तीन पार्टी मिलेर राष्ट्रियसभा निर्वाचनमा पहिलाझैँ गठबन्धन गर्नुपर्छ,’ महत्तोले नेपालन्युजसँग भने, ‘तर, उपेन्द्रजीले काँग्रेससँग कसरी गठबन्धन गर्ने? यो हुन्न भन्नुभयो, मैले कुरा बुझिहालें।’
समाजवादी, काँग्रेस र राजपाले गठबन्धन गरेर चुनावमा भिडेको सन्दर्भमा ४ वटा सिट जित्न सक्थ्यो, नत्र सकिँदैनथ्यो। तर, नेकपासँग एउटा कुनै दल मिल्नेबितिक्कै ४ वटा सिट आउँथ्यो।

ismt college
dish home