चाबहिल-साँखु सडक चार वर्षमा पाँचकिलोमिटर कालोपत्रे

२०७६ पुष ११, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- मापदण्डका कारण विवादमा फसेको चाबहिल-जोरपाटी-साँखु सडक विस्तारमा ढिलाई हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो ।

तर, अहिलेसम्म पनि सडक विस्तारको सरदर प्रगति ६५ प्रतिशत मात्रै छ । सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे बन्ने गर्दछ ।

सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगे ।

स्थानीयको मागअनुसार भत्किएका घर र प्रयोग भएका जग्गाको समेत मुआब्जा दिनुपर्ने सर्वोच्चको निर्देनपछि सरकारले डेढवर्षअघि यथास्थितिमै कालोपत्रे गर्न निर्देशन दिएको थियो ।

यसबीचमा मन्त्री, सांसद, शीर्ष नेताहरुले सडकको पटक-पटक अनुगमन गरिसकेको छन् । स्थानीयवासीले पनि पटक-पटक सडक ठप्प पारेर सडक बनाउन माग गर्दै आएका छन् ।

तर मापदण्डलाई कारण बनाएर कहिले स्थानीयवासी त , कहिले स्थानीय तहका जनतिनिधिको अवरोले सडक निर्माणले गति लिएको छैन् । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार