नेपाली नागरिकता लिने भारतीय प क्रा उ

२०७६ पुष ११, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – भारतको सीतामढी घर भएका २० वर्षीय सीताराम सिंह नेपाली नागरिकताको प्रमाणपत्रसहित प क्रा उ परेका छन् । झू टो विवरण पेस गरेर नागरिकता लिएका उनी सर्लाहीको बरहथवास्थित मामा घरबाट प क्रा उ परेका हुन् । इलाका प्रशासन कार्यालय बरहथवाबाट नागरिकता दिलाउने बरहथवा नगरपालिका–२ का गिर्जबहादुर भण्डारी र साक्षी बसेका ५ जना फरार छन् ।

भण्डारीले भारतमा बिहे गरेकी बहिनीको छोरा सिंहलाई आफ्नै छोरा बनाएर नागरिकता दिलाएको प्रशासनले जनाएको छ । सिंहले यही पुस ३ गते नीरज भण्डारीका नाममा नेपाली नागरिकता लिएका हुन् । सिंह प क्रा उ पर्नासाथ फ रा र रहेका भण्डारी र साक्षीहरूलाई खोजिरहेको प्रहरीले जनाएको छ । भण्डारीले माइलो छोरो भनेर वडाबाट सिफारिस लिएका थिए ।

सशस्त्र द्व न्द्वका लमा जन्मदर्तालगायतका कागजात जलेको र भण्डारीले ल्याएको कागजातमा स्थानीय ५ जनालाई सा क्षी राखेर जन्म प्रमाणित गरिदिएको हुनाले सिफारिस गरेको वडाध्यक्ष यज्ञबहादुर खड्काले बताए । ‘भान्जालाई नागरिकता दिलाएपछि भोज खुवाएको सुनें । त्यसपछि शं का लागेर सिंहलाई प क्रे र मैले नै प्रहरीमा बुझाएको हुँ,’ उनले भने ।

नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झू टो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कै द वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म ज रि वाना वा दुवै सजाय हुन्छ । त्यस्तो नागरिकता र द्द हुन्छ । यस्तो नागरिकता दिलाउन स ना खत, सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कै द वा २५ देखि ५० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । कर्मचारीलाई भने विभागीय का रबाही हुन्छ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार