sajalsandesh

राजेन्द्र महतो भन्छन् उपेन्द्रजी जस्तो हामी होइन

काठमाडौ – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।

सेतोपाटीसँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए।

‘हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि सक्छौ’ महतोले भने,’अहिलेसम्म सरकारले कुनै छाँटकाँट देखाएको छैन।सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ।’

माग पुरा गर्ने आश्वासनकै भरमा आफुहरु सरकारमा नजाने समेत महतोले बताए।

‘राष्ट्रिय सभा निर्वाचनका लागि नेकपासँग सहमति भएको भएर हामीलाई सरकारमा गइहाल्छ भनेका होलान।ती सबै बजारी हल्ला मात्रै हो’, उनले भने,’निर्वाचनका लागि गरेको तालमेललाई सत्ता गठबन्धनसँग जोड्न भएन।आफ्ना मुद्धालाई छोडेर सरकारमा जाने बारे सोच्नै सक्दैनौ।हामी उपेन्द्रजी जस्तो दौडेर सरकारमा जाँदैनौ।’

नेकपासँगको चुनावी एकताले छलफलका लागि आधार तयार गरेपनि राजपाको मागबारे सरकारले छलफल नगरेको महतोले बताए।

संविधान संशोधन,मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता,जेलमा रहेका राजपा सांसद रेशम चौधरीको रिहा गर्नुपर्ने लगायतका मागहरुलाई राजपाले प्रमुख रुपमा राख्दै आएको छ।

समाजवादी पार्टीले आफुहरुको माग अनुसार सरकार नछाडेको समेत महतोले स्पष्ट पारे। यद्धपी समाजवादी पार्टीसँगको एकता प्रक्रिया भने चलिरहने उनले बताए।

‘उपेन्द्रजीले हाम्रो भनाइ अनुसार सरकार छोड्या हो त । त्यो त हामीले ९ महिनादेखि भन्दै आएका छौ’, महतोले भने’हामी नौं महिनादेखि बार्तामै छौ। कति कुरा मिलिसकेको छ कति मिल्न बाँकी छ। कुरा मिल्नासाथ हामी एकतामा जान्छौ नी।’

पार्टी एकता मिसन भएकाले मिसन अनुसार एकता प्रक्रियामा लाग्ने भन्दै महतोले महतोले प्रदेश दुईको सत्ता गठबन्धनमा कुनै समस्या नआउने दावी गरे।

‘यो मान्दिन र त्यो मान्दिन भनेपछि एकता नभएको हो’, उनले भने,’अब उहाँलाई अलि फुर्सद भयो गम्भिरतापूर्वक सोच्नु होला नी।’

चियाको कपमा तुफान आएजस्तै राजनीतिमा तुफान आएजस्तो देखिएको महतोले बताए।

ismt college
dish home