पुरुषलाई ईलाका प्रशासन कार्यालय उर्लाबारीले महिला बनाइदियाे

२०७६ पुष १०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङ – नागरिकताको प्रतिलिपि बनाउन गएका एक युवालाई इलाका प्रशासन कार्यालय उर्लाबारीले महिला बनाइदिएको छ।

साबिक बारङ्गी गाविस–६ (हालको लेटाङ्ग भोगटेनी नगरपालिका) निवासी मौसम लिम्बूको प्रतिलिपि नागरिकता बनाउँदा लैङ्गिक पहिचान खुलाउने स्थानमा प्रशासन कार्यालयले महिला लेखिदिएको हो। नागरिकतामा प्रशासनले नै लिङ्ग बदलिदिएपछि लिम्बू चिन्तित बनेका छन्।

काठमाडौंमा अस्थायी बसोबास गर्ने लिम्बू नागरिकताको प्रतिलिपि बनाउनका लागि इलाका प्रशासन कार्यालय पुगेका थिए। प्रतिलिपि बनाएर घर फर्केपछि पुनः नागरिकता हेर्दा लिङ्गको विवरणमा महिला लेखिएको थाहा पाएपछि उनी फेरि प्रशासन कार्यालय गएका थिए। त्रुटि सच्याएर नयाँ प्रतिलिपि बनाइदिन उनले प्रशासनका अधिकारीहरुसँग आग्रह गरेका छन्।

प्रशासन कार्यालयका प्रमुख झलेन्द्र चापागाईंले प्रतिलिपि नागरिकता बनाउँदा सामान्य मानवीय त्रुटि भएको र त्यसलाई तत्कालै सच्याइदिने बताएका छन्। नागरिकता तयार भएपछि एकपटक पढेर मात्र बुझ्न सूचना टाँसिएकाले सेवाग्राहीलाई सोहीअनुसार सचेतता अपनाउन उनले आग्रहसमेत गरेका छन्।

मोरङको यो इलाका प्रहरी कार्यालयबाट हुने सेवाप्रवाहमा लापरवाही हुँदा सेवाग्राहीले बारम्बार गुनासो गर्ने गरेका छन्। कार्यालय समयमा कार्यकक्षमा बसेर सेवा दिनुपर्ने कर्मचारीहरु गेम खेलेर बस्ने, बिचौलिया नभई काम नहुने, सेवाग्राहीको चाप व्यवस्थापन नगर्ने र शौचालय सफा नगर्नेजस्ता समस्या देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार